Friday, April 19, 2024

-->

नाबालिग बलात्कारका अभियुक्त सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

पोखरामा बुधबार सम्पन्न नेपाल क्रिकेट संघको बैठकले राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ।

नाबालिग बलात्कारका अभियुक्त सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय 
तस्वीर : सन्दीप लामिछानेको फेसबुक

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ।

बुधबार पोखरामा सम्पन्न क्यानको बैठकले राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। बलात्कारको आरोप लागेपछि क्यानले उनलाई भदौ २३ गते निलम्बन गरेको थियो। जिल्ला अदालत, काठमाडौँले उनलाई पुर्पक्षका लागि कारागार पठाएको थियो।

 गत पुस २८ गते उच्च अदालत, पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दियो। रिहा भएसँगै क्यानले सन्दीपको निलम्बन फुकुवाबारे छलफल थालेको थियो।


सम्बन्धित सामग्री