Thursday, April 25, 2024

-->

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन बुधबार प्रतितोला एक लाख छ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार एक लाख छ हजार ३०० मा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।


सम्बन्धित सामग्री