Friday, April 19, 2024

-->

पश्चिमी वायुको प्रभाव, तराईमा बाक्लो हुस्सु र कुहिरो

शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

पश्चिमी वायुको प्रभाव तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

तराईमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ मा आंशिक बदली रही बाँकी भागको मौसम भने सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

यसैगरी राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली हुने सम्भावना छ।

तराईका हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने महाशाखाको भनाइ छ।


सम्बन्धित सामग्री