Friday, April 19, 2024

-->

तराईमा बिहानैदेखि हुस्सु र कुहिरो, अन्य स्थानको मौसम सफा रहने

दिनभर वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराईमा बिहानैदेखि हुस्सु र कुहिरो अन्य स्थानको मौसम सफा रहने 

काठमाडौँ– हाल देशमा पश्चिमी निम्नचापीय प्रणालीको आंशिक मात्रै प्रभाव रहेको छ।

दिनभर वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, मधेश र बागमतीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सफा रहने महाशाखाको अनुमान छ। तराईका केही स्थानमा बिहानदेखि हल्का हुस्सु र कुहिरो  लागेको छ।

जसका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।  


सम्बन्धित सामग्री