Thursday, March 28, 2024

-->

प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

सुन प्रतितोला ७०० र चाँदी १५ रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख छ हजार ९०० र तेजाबी सुन एक लाख छ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन तोलामा सय रुपैयाँले घटेको थियो। यसैबीच चाँदीको मूल्य प्रतितोला एक हजार ३८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा मूल्य तोक्दै आएको छ। 
 


सम्बन्धित सामग्री