Friday, April 19, 2024

-->

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

बार्सिलोनाका लागि डेम्बेलेले ५२औँ मिनेटमा गोल गरेका थिए।

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

काठमाडौँ– बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

ओसुमाने डेम्बेलेको निर्णायक गोलमा बुधबार राति रियल सोसिडाडलाई १–० ले पराजित गर्दै बार्सिलोना सेमिफाइनलमा पुगेको हो। बार्सिलोनाका लागि डेम्बेलेले ५२औँ मिनेटमा गोल गरेका थिए। 

ब्राइस मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा समेटिएको थियो। बार्सिलोना यस सिजन उत्कृष्ट लयमा छ। बार्सिलोनाले हालै स्पेनी सुपरकप जितेको थियो। स्पेनी ला लिगामा पनि शीर्ष स्थानमा छ।


सम्बन्धित सामग्री