Thursday, April 18, 2024

-->

पोखरा हवाई दुर्घटना: ६ शवको ‘डीएनए’बाट पहिचान गरिने

काठमाडौँ ल्याइएका ४८ मध्ये ४२ शवको पहिचान फरेन्सिक र फिङ्गर प्रिन्टबाट गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

पोखरा हवाई दुर्घटना ६ शवको ‘डीएनए’बाट पहिचान गरिने

काठमाडौँ– पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये ६ शवको ‘डिएनए’बाट पहिचान गरिने भएको छ।

काठमाडौँ ल्याइएका ४८ मध्ये ६ शवको पहिचान हुन बाँकी रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। अस्पतालका फरेन्सिकविद् डा. तुलसी कँडेलले फरेन्सिक र फिङ्गर प्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए।

“६ शव अत्यधिक जलेको हुनाले डीएनए विधिबाट पहिचान गर्ने प्रक्रिया शुरू गरेका छौँ,” उनले भने। नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डीएनए’ परीक्षण गरिने छ। परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना संकलन भइरहेको जानकारी दिए। यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२  दिन लाग्ने छ।

विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौँ ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो। माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सको जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो।


सम्बन्धित सामग्री