Friday, April 26, 2024

-->

मेघ गर्जनसहित वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही भागमा मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मेघ गर्जनसहित वर्षाको सम्भावना सतर्क रहन विभागको आग्रह  

काठमाडौँ– पश्चिमी निम्नचापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्य बदली भएको छ।

दिउँसो केही प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही भागमा मध्यम वर्षा हुने छ। यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने महाशाखाले जनाएको छ।

देशका पश्चिमी भागमा राति मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ। अन्य भागको मौसम भने सामान्यतया सफा रहने छ। वर्षा र हिमपातका कारण जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ।  


सम्बन्धित सामग्री