Friday, March 29, 2024

-->

एउटै रुखमा महिला र पुरुष झुन्डिएको अवस्थामा भेटिए

झापाको कचनकवल–४ का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशी मृत भेटिएका हुन्।

एउटै रुखमा महिला र पुरुष झुन्डिएको अवस्थामा भेटिए
सांकेतिक तस्वीर

काठमाडौँ– झापाको कचनकवल–४ स्थित एउटै रुखमा झुन्डिएको अवस्थामा दुई जनाको शव भेटिएको छ।

एभरेस्ट चिया बगानभित्रको रुखमा मंगलबार दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले बताए। सोही गाउँका २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशी मृत भेटिएका हुन्।

उनीहरूबीच प्रेमसम्बन्ध रहेको खुलेको डीएसपी पाठकले बताए। थप अनुसन्धान भइरहेको उनको भनाइ छ। 


सम्बन्धित सामग्री