Friday, April 26, 2024

-->

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच समसामयिक विषयमा छलफल भएको छ। 

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता
तस्वीर: रासस

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको थियो। सभामुखमा निर्वाचित भएपछि घिमिरेले पहिलोपटक प्रधानमन्त्री दाहाललाई भेटेका हुन्।

घिमिरे माघ ५ गते सत्ता साझेदार दलको समर्थनमा सभामुखमा निर्वाचित भएका हुन्। उनलाई माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत दलले समर्थन गरेका थिए। 


सम्बन्धित सामग्री