Saturday, April 20, 2024

-->

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार नेपाली बजारमा सुन प्रतितोला ३०० र चाँदी ५ रुपैयाँले बढेको छ।

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ।

छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ३०० र तेजाबी सुन एक लाख चार हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार क्रमशः एक लाख पाँच हजार र एक लाख चार हजार ५०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य समेत तोलामा पाँच रुपैयाँले बढेको छ। आइतबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।


सम्बन्धित सामग्री