Friday, April 26, 2024

-->

इंग्लिस प्रिमियर लिग: आर्सनलद्वारा युनाईटेड पराजित

आर्सनल १९ खेलबाट ५० अंक जोड्दै शीर्षस्थानमा यथावत् छ। २० खेलमा ३९ अंक बनाएको युनाईटेड चौथो स्थानमा छ।

इंग्लिस प्रिमियर लिग आर्सनलद्वारा युनाईटेड पराजित 
तस्वीर: आर्सनलको फेसबुक पेज

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।

आइतबार राति इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनल ३–२ गोलले विजयी भएको हो। खेलमा शुरूआती अग्रता भने युनाईटेडले बनाएको थियो।

१७औँ मिनेटमा मार्कस राशफोर्डले गोल गर्दै युनाईटेडले अग्रता बनाएको थियो। त्यसको सात मिनेटपछि आर्सनलका एनकेटीहले बराबरी गोल गरे। पहिलो हाफ बराबरीमा सकिएको खेलको ५३औँ मिनेटमा बुकायो साकाले गोल गरेपछि आर्सनलले २–१ गोलको अग्रता बनायो।

५९औँ मिनेटमा युनाईटेडका लिसान्द्रो मार्टिनेजले गोल गरे। तर, खेलको ९०औँ मिनेटमा एनकेटीहले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई जित दिलाए। यो जितसँगै आर्सनल १९ खेलबाट ५० अंकसहित शीर्षस्थानमा यथावत् छ।

२० खेलमा ३९ अंक बनाएको युनाईटेड चौथो स्थानमा छ।


सम्बन्धित सामग्री