Saturday, April 20, 2024

-->

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

रियल बेटिसलाई पेनाल्टीमा ४–२ ले हराउँदै  बार्सिलोना स्पेनिस सुपर कपको फाइलनमा प्रवेश गरेको छ।

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

काठमाडौँ– बार्सिलोना स्पेनिस सुपर कपको फाइलनमा प्रवेश गरेको छ। 

बिहीबार राति रियल बेटिसलाई पेनाल्टीमा ४–२ ले हराउँदै बार्सिलोना उपाधि नजिक पुगेको हो। निर्धारित र अतिरिक्त समयमा २–२ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। जसमा बार्सिलोनाले बाजी मार्‍यो। 

४०औँ मिनेटमा रोबर्ट लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ७७औँ मिनेटमा बेटिसका फिकिरले गोल गर्दै खेल बराबरीमा ल्याए। ९३औँ मिनेटमा अंशु फातीको गोलमा बार्सिलोनाले पुनः अग्रता लिएको थियो। १०१ मिनेटमा मोरोनले बेटिसलाई खेलमा फर्काए।

पेनाल्टी सुटआउटमा बार्सिलोनाका फाती, लेवान्डोवस्की, फ्रयांक केइसी र पेड्रीले गोल गरे। बेटिसका जस र मोरोनले गोल गरे। योआन्मी र कार्भाहालोको प्रहार बार्सिलोनाका गोलरक्षक मार्क टेर स्टेगेनले बचाएका थिए।


सम्बन्धित सामग्री