Thursday, April 25, 2024

-->

धरान उपमहानगरले अवैध घर भत्काउन डोजर चलायो, सुरक्षाकर्मी र स्थानीयबीच झडप

धरान उपमहानगरपालिकाले वडा नं ५ देउरालीस्थित अँधेरीखोला अतिक्रमण गरेर बनाइएको घर आइतबार डोजर लगाएर भत्काएको छ।

धरान उपमहानगरले अवैध घर भत्काउन डोजर चलायो सुरक्षाकर्मी र स्थानीयबीच झडप
फाइल तस्वीर

काठमाडौँ– धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको घर भत्काएको छ।

धरान–५ देउरालीस्थित अँधेरीखोला अतिक्रमण गरेर बनाइएको घर आइतबार डोजर लगाएर भत्काएको हो। “पटक–पटक सूचना जारी गर्दासमेत उहाँहरूले अटेर गरेर सार्वजनिक जग्गामा घर बनाउनुभयो। आज त्यही घर भत्काएका हौँ”, नगरप्रमुख हर्क साम्पाङले उकालोसँग भने।

सो क्रममा स्थानीय र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो। स्थानीयको ढंगामुढाबाट उपमहानगरको डोजरको सिसा फुटेको छ। उपमहानगरले बहुजातीय रंगशाला बनाउने भनेको स्थानमा अनधिकृत घर बन्न थालेकाले भत्काउनुपरेको साम्पाङले बताए।

उपमहानगरले यसअघि वडा नं १७ मा बनेका केही अनधिकृत संरचना पनि डोजर लगाएर भत्काएको थियो।


सम्बन्धित सामग्री