पुस्तकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि र नेपाल-भारत सम्बन्धका विविध आयामलाई पनि समेट्ने प्रयास गरेको थापाले बताएका छन्।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको ‘नाकाबन्दी र भूराजनीति- कूटनीतिमा मेरो अनुभव र अनुभूति’ पुस्तक सार्वजनिक भएको छ।
थापाको भूराजनीति सम्बन्धित अनुभव समेटिएको उक्त पुस्तकको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाडौँमा लोकार्पण गरेका हुन्।
लोकार्पण कार्यक्रममा ईपीजीको सम्बन्धमा बोल्दै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सहमतिमै निर्णय भए पनि मोदीले प्रतिवेदन नबुझेको बताएका थिए।
तीन फरक प्रधानमन्त्रीको सरकारमा परराष्ट्रमन्त्री भएर काम गरेका लेखक थापाले नेपालले पटक–पटक नाकाबन्दी भोग्नुपरेको कारण नेपाल र भारतबीच भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता भएको बताएका थिए। दुई देशबीच रहेको अवधारणागत भिन्नतालाई साँघुरो बनाउँदै लगे नेपाल-भारतबीचको सम्बन्धलाई उचाइमा पुर्याउन सकिने उनको तर्क थियो।
लेखक थापाका अनुसार पुस्तकका ६ खण्डमा परराष्ट्र मामिला र कूटनीतिक घटनाक्रमबारे उनको अनुभव समेटिएका छन्। एकीकृत महाकाली सन्धि, २०७२ को नाकाबन्दी लगायतका विषय पनि समेटिएका छन्। यसैगरी, पुस्तकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि र नेपाल-भारत सम्बन्धका विविध आयामलाई पनि समेट्ने प्रयास गरेको उनले बताएका छन्।
लोकार्पण समारोहमा थापाले पछिल्लो पटक परराष्ट्रमन्त्री हुँदा चीनसँग ‘ऐतिहासिक’ पारवहन सम्झौता गरेको स्मरण गर्दै यसको महत्वलाई बुझेर कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीलाई आग्रहसमेत गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
