अमेरिका यात्राका क्रममा दोस्रो प्रस्तुति सानफ्रान्सिस्कोको ‘वारफिल्ड हल’मा दिएको नेपथ्य ब्यान्ड अब कोलम्बसको ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा प्रस्तुत हुँदै छ।
काठमाडौँ– अमेरिका यात्राको क्रममा दोस्रो प्रस्तुति सानफ्रान्सिस्कोको ‘वारफिल्ड हल’मा दिएको नेपथ्य ब्यान्ड अब कोलम्बसको ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा प्रस्तुत हुँदै छ। नेपथ्यले पहिलो प्रस्तुति डेनभर शहरमा दिएको थियो।
‘वारफिल्ड हल’मा ब्यान्ड दोस्रो पटक प्रस्तुत भएको हो। अघिल्लो पटक आठ वर्षअघि नेपथ्यले यसै हलमार्फत दर्शकलाई आफ्ना चर्चित गीत सुनाएको थियो।
‘वारफिल्ड हल’मा आयोजित कार्यक्रममा नेपथ्यले ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लाम्पाते सुरती’, ‘मै नाचेँ छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’बाट बिट मारिएको थियो। यहाँ ब्यान्डको स्थापनाकालदेखि हालसम्मका नयाँ–पुराना गरेर जम्माजम्मी १७ वटा गीत प्रस्तुत गरिएका थिए।
कन्सर्टमा मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
अमेरिका यात्राका क्रममा पहिलो प्रस्तुति अगस्त ३ मा कोलोराडोको राजधानी डेनभर शहर ‘बोल्डर थिएटर’मा दिएको नेपथ्य अब ओहायो राज्यको राजधानी कोलम्बसस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा प्रस्तुत हुँदै छ। ब्यान्डले यहाँ अगस्ट १७ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ।
त्यसपछि नेपथ्य क्रमशः डालास, न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा प्रस्तुत हुने व्यवस्थापक नेपालयका अर्पण शर्माले जनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
