अमेरिकाका ७ शहरमा नेपथ्यको सांगीतिक प्रस्तुति

नेपथ्य छैटौँ पटक सांगीतिक प्रस्तुति दिन अमेरिका जान लागेको छ।

तस्वीर नेपालय

काठमाडौँ– नेपथ्यले आगामी महिना अमेरिकाको श्रृंखलाबद्ध सांगीतिक यात्रा गर्ने भएको छ।नेपथ्य छैटौँ पटक सांगीतिक प्रस्तुति दिन अमेरिका जान लागेको हो।

ब्यान्डले यसपालि अमेरिकाको पूर्वी किनारादेखि पश्चिमी किनारासम्म सात वटा फरक–फरक शहरमा प्रस्तुति दिने छ। अगस्त ३ मा कोलोराडोको राजधानी डेनभर शहर ‘बोल्डर थिएटर’मा नेपथ्यले पहिलो प्रस्तुति दिने छ। 

दोस्रो प्रस्तुति सानफ्रान्सिस्कोमा र तेस्रो प्रस्तुति ओहायोमा दिने छ। त्यस्तै, चौथो टेक्सासमा, त्यसपछि न्यूयोर्क, मेरिल्यान्ड र अन्तिम कन्सर्टका निम्ति नेपथ्य पेन्सिलभानियाको ह्यारिसवर्ग शहर पुग्नेछ। 

कलाकार, प्राविधिक र व्यवस्थापन सम्मिलित नेपथ्य टोली अमेरिका यात्राको अन्तिम तयारीमा जुटेको छ। संगीत यात्राका निम्ति टोली आगामी साता अमेरिका प्रस्थान गर्ने व्यवस्थापक नेपालयका अर्पण शर्माले जनाए।