डा. भण्डारीको ‘एउटा जीवन’ सार्वजनिक

डा. रमेशसिंह भण्डारीको नयाँ गीत ‘एउटा जीवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

काठमाडौँ–  त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्राडा. रमेशसिंह भण्डारीको नयाँ गीत ‘एउटा जीवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

बाल्यकालका सम्झना र स्मृतिमा लेखिएको गीतमा शब्द डा. प्रकाश पौडेलको छ। स्वर तथा संगीत संयोजन डा. भण्डारीले गरेका हुन्। भिडियोलाई अनिल के मानन्धरले निर्देशन गरेका छन्।

चिकित्सा पेसासँगै संगीतमा रुचि राख्ने डा. भण्डारीले यसअघि ‘तिम्रो नै माया लाग्छ नि’, ‘किन होला’, ’मायालु भाका’ लगायतका गीत तथा भिडियो ल्याएका थिए।