लोकप्रिय नेपाली संगीतकार रञ्जित गजमेरको सम्मानमा अमेरिकाको ओहायोमा विशेष कार्यक्रम आयोजना भएको छ।
अमेरिका– लोकप्रिय नेपाली संगीतकार रञ्जित गजमेरको सम्मानमा अमेरिकाको ओहायोमा विशेष कार्यक्रम आयोजना भएको छ।
‘रञ्जित गजमेर उत्सवः जिन्दगानी दर्पण छायाँ’ सांगीतिक उत्सव सम्पन्न भएको छ। उत्सवमा शरणार्थी हुँदै नेपालबाट अमेरिका आप्रवासनमा गएका भुटानी संगीतकार प्रताप सुब्बा र गायक रोविन शर्मा, सुजाता बर्मा, जुना प्रसाई, कवि नवराज पराजुलीसहितका अतिथीमाझ रञ्जितको विशेष सम्मान गरिएको थियो।
संगीतकार गजमेरको विशिष्ट संगीत यात्रालाई सम्मान गर्न अमेरिकामा रहेका भुटानी नेपालीभाषी समुदायसहित नक्षत्र फाउन्डेसन र मेनुका मेमोरियल फाउन्डेसनको सहकार्य रहेको थियो। उमेरले ८० नाघेका गजमेरेले संगीत भरेको पहिलो फिल्म 'बाँसुरी' (सन् १९८१) पछि उनका दर्जनौँ नेपाली फिल्म बजारमा आएका छन्। भारतको दार्जीलिङमा जन्मेहुर्केका गजमेर मुम्बईमा गएर प्रखर भारतीय संगीतकार आरडी बर्मनसँग समेत काम गरेको र गजमेरको मादल बाजाले भारतीय फिल्मी गीत–संगीतमा समेत गतिलो स्थान पाएको थियो।
ओहायोको सिनसिनाटीमा आयोजित कार्यक्रममा नेपाली तथा भुटानी कलाकारले गजमेरका ‘वीरताको चिनो’, ‘साउने झरीमा’, ‘किन बढ्दैछ धुकधुकी’, ‘लहनाले जुरायो कि’, ‘कुसुमे रुमाल’, ‘झझल्को लिएर’ लगायतका एक दर्जनभन्दा बढी गीतमा वाद्यवादन तथा गायन प्रस्तुत गरे। उत्सवमा मोलोडी सत्रमा पनि एक दर्जन जति गीतमा संगीत धुन सुनाइएको थियो।
उत्सवमा कार्यक्रम निर्देशक राम गुरुङ, अर्जुन सुवेदी र गायक किशोर शिवाकोटीले गजमेरले नेपाली गीतसंगीतको प्रवर्द्धनमा पुर्याएको योगदान तथा नेपालीपनलाई जोड्न सकेकोबारे प्रकाश पारेका थिए। उक्त अवसरमा नेपाली कवि नवराज पराजुलीले पनि कवितात्मक प्रस्तुति दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
