बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा वैशाख ३१ देखि जारी नाट्य उत्सवमा एक दर्जनभन्दा बढी नाटक मञ्चन भइसकेका छन्। शुक्रबार अन्तिम दिन शिशिर वसन्त, हिराको भोटो, ब्युटी इज अ बिस्ट नाटक मञ्चन हुँदैछन्।
काठमाडौँ– काठमाडौँको प्रज्ञा कुञ्ज स्कुलले आयोजना गरेको नाट्य उत्सव शुक्रबार समाप्त हुँदै छ। बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा वैशाख ३१ देखि जारी नाट्य उत्सवमा एक दर्जनभन्दा बढी नाटक मञ्चन भइसकेका छन्। शुक्रबार अन्तिम दिन शिशिर वसन्त, हिराको भोटो, ब्युटी इज अ बिस्ट नाटक मञ्चन हुँदैछन्।
थिएटर अर्थात् नाटक विधामा काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलको बेग्लै परिचय छ। करिब १२ वर्ष अघिदेखि विद्यालयमा यो विधाको पठनपाठन शुरू भएको हो। त्यस बेलादेखि हरेक वर्ष आयोजना हुने नाट्य सप्ताहमा सबै विद्यार्थी सहभागी हुन्थे। तयार भएका नाटक विभिन्न थिएटरमा मञ्चन गरिन्थ्यो।

नाट्य प्रशिक्षक एवं निर्देशक टंक चौलागाईँको नेतृत्वमा नाटक मात्रै नभएर चलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्रीमा समेत धेरैले बालकलाकारको रूपमा अभिनय गरिसकेका छन्। टंकको साथमा रंगकर्मी, निर्देशक, कलाकार प्रतीक दुलाल पनि नाट्य शिक्षकको रूपमा कार्यरत छन्।
यस पटकको नाट्य सप्ताहमा लेखक टंक चौलागाईंका कालु र बाघ, सानी र परी, इमान्दार दाउरे, उज्यालोतिर, चकलेट, खेल्ने बेला खेल्छौँ पढ्ने बेला पढ्छौँ, हिराको भोटो, श्रवणकुमारको कथा, प्रकेश सिन्धुलियको लेखन रहेको द फिनिस लाइन लगायत विभिन्न लेखकका शिशिर वसन्त, चार्ली एन्ड द चकलेट फ्याक्ट्री, ब्युटी इज अ बिस्ट, फूलको भाषा, दुःखी राजकुमारी, पापबुद्धि धर्मबुद्धि जस्ता नाटकमा कक्षा ४ देखि १० सम्मका करिब ४०० विद्यार्थी सहभागी हुँदैछन्।

यस पटक निर्देशक टंक, प्रतीकलाई रंगकर्मी विजया कार्की, विजय नेपाल र बनसरी पान्डेले साथ दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
