भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ।
नेपाल भ्रमणमा रहेका थानी र प्रधानमन्त्री दाहालबीच बुधबार सोल्टी होटलमा द्विपक्षीय भेटवार्ता भएको हो। द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै समझदारी र सम्झौतामा हस्ताक्षर भएको थियो।
भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार रुपक सापकोटाले जानकारी दिए।
दुई देशबीच सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ। सम्झौतामा नेपालका तर्फबाट कानूनमन्त्री पदम गिरीले हस्ताक्षर गरे।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच भएको सम्झौतामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल हस्ताक्षर गरेका थिए।
द्विपक्षीय भेटवार्तामा नेपालकातर्फबाट उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायत मन्त्री सहभागी थिए।
कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको आमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि मंगलबार नेपाल आएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
