कतारी राजा फिलिपिन्स र बांग्लादेशको औपचारिक भ्रमण पूरा गरी नेपाल आउन लागेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने कार्यक्रम रहेको छ।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार अपराह्न नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राष्ट्रपति पौडेलले स्वागत गर्ने कार्यक्रम रहेको छ। सो क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी राजाले शीतल निवासमा भेटवार्ता गर्नुहुनेछ। राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ।
कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।
कतारी अमिर फिलिपिन्स र बांग्लादेशको औपचारिक भ्रमण पूरा गरी नेपाल आउन लागेका हुन्।
भ्रमणका अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदासमेत दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
