कच्ची घर बर्सेनि लिपपोत गर्नुपर्ने, छानो फेर्नुपर्नेलगायत झन्झटले पराम्परागत घर विस्थापित हुँदै गएका छन्।
कञ्चनपुर– थारू समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन्। थारू बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन्।
“अचेल काठको घर अधिकांशले बनाउन छोडिसके। इँटा, ढुंगाको पक्की घर बनाउँछन्,” बेदकोटका राजेश रानाले भने, “पुराना काठका घर विस्थापित हुँदैछन्।”
काठले निर्माण गरिएका थारू बस्तीका अधिकांश घर माटोले लिपपोत गरिएका हुन्छन्। घर छेउमै गाईभैँसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन्। तर पछिल्लो समय डगौरा, चौधरी थारू र रानाथारू समुदायको बस्तीबाट यस्ता घर विस्थापित हुँदै गएका छन्।
धमाधम पक्की घर निर्माण हुँदै गएपछि परम्परागत काठले निर्माण गरिएका घर लोप हुँदै गएको लालझाडीका मदन रानाले बताए। “घरसँगै गाई भैँसीको गोठ हुन्थ्यो। नयाँ पुस्ताले गाई भैँसी पाल्दैनन्,” उनले भने, “सहजै काठ पाइँदैन। धेरैजसो पक्की घर बनाउने हुनाले परम्परागत घर हराउँदै गएका छन्।”
उनका अनुसार विगतमा एउटै परिवारमा सय/डेढ सय जनासम्म बसोबास गर्थे। तर अहिले १०/१५ जनाको परिवार पनि भेटिँदैन। “विगतको जस्तो संयुक्त परिवार पनि हुँदैन। बिहे गरेपछि छुट्टिएर बसिहाल्छन्,” उनले भने। रोजगारीका लागि तेस्रो मुलुक जाने क्रम बढेसँगै थारू बस्तीमा पक्की घर बनाउने क्रम बढेको भीमदत्त नगरपालिकाकी लक्ष्मी डगौराको भनाइ छ।
“अहिले नयाँ कच्ची घर कोही बनाउँदैनन्, त्यति मात्रै होइन कच्ची घर बनाउने मान्छे पनि गाउँ भेट्न मुस्किल पर्छ,” उनी भन्छिन्, “सहजै काठ, टायल पनि पाइँदैन, विगतभन्दा अचेल आर्थिक अवस्था पनि मजबुत भएकाले पक्की घर नै सबैको रोजाइमा छ।” कच्ची घर बर्सेनि लिपपोत गर्नुपर्ने, छानो फेर्नुपर्नेलगायत झन्झटले पराम्परागत घर विस्थापित हुँदै गएका छन्।
“अग्लो भेगमा लहरै घर र होचो भेगमा खेतीपाती गरिन्थ्यो,” बेलौरी नगरपालिका अभिषेक भन्छन्, “जनसङ्ख्या वृद्धि र जमिन खण्डीकरणले अहिले होचो खेतीपाती हुने जमिनमा पनि घर निर्माण भइरहेका छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
