हाम्रो बारे

उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित अभियानको रुपमा शुरु हुन लागेको संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रुपमा दर्ता भएको उकालो अभियान उकालो डटकम नामको अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्ने स्थितिमा आइपुगेको छ।बृहत्तर सार्वजनिक हितका लागि उच्च नैतिकताको धरातलमा उभिएर निरन्तर तथ्यको खोजी र सञ्चार गर्ने, पारदर्शी र उत्तरदायी शासनका लागि पहरेदारी गर्ने, लोकतान्त्रिक बहसको मञ्च बन्ने अनि आफ्ना सामग्रीमार्फत् समाजको बहुलतालाई प्रतिबिम्बित गर्ने उकालो डटकमको मिशन हो। हामी यो मिशनमा निरन्तर लागिरहने छौँ।जिम्मेवार पत्रकारिताले सदैब मुलुक र नागरिकको पक्ष लिन्छ। हामी त्यसमा अडिक छौँ। निडर, निष्पक्ष र नैतिकवान पत्रकारिता गरेर हाम्रा पाठक, दर्शक र स्रोताको मन जित्ने, पाठक, दर्शक र स्रोताकै सहयोगमा दिगो सञ्चारमाध्यम बन्ने उकालो डटकमको प्रयास रहनेछ। यो प्रयासमा हाम्रा पाठक, दर्शक र स्रोताबाट निरन्तर साथ पाइरहनेछौं भन्नेमा हामी विश्वस्त छौँ।उकालो अभियानसँग जोडिएका पत्रकारहरु नेपाली सञ्चारजगतको नियमनकारी निकाय प्रेस काउन्सिलबाट जारी भएको पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न प्रतिबद्ध छन्। त्यसबाहेक उकालो अभियान आफैले निर्माण गरेको आचारसंहिताले हामीलाई जिम्मेवार सञ्चारमाध्यम र सञ्चारकर्मीका रुपमा स्वनियमन गर्न थप भूमिका खेल्नेछ।उकालो डटकम एउटा अभियान हो र यो अभियानमा धेरैको हातेमालो आवश्यक पर्छ। यो अभियानलाई निष्ठापूर्वक मुलुक र नागरिकको पक्षमा समर्पित गर्ने कार्यमा हामीलाई मार्गनिर्देश गर्न समाजका केही अग्रजमध्येबाट संरक्षक समूह गठन भएको छ।देशले लोकतान्त्रिक पद्दति अंगालेको छ र त्यसका …

उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित अभियानको रुपमा शुरु हुन लागेको संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रुपमा दर्ता भएको उकालो अभियान उकालो डटकम नामको अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्ने स्थितिमा आइपुगेको छ।



बृहत्तर सार्वजनिक हितका लागि उच्च नैतिकताको धरातलमा उभिएर निरन्तर तथ्यको खोजी र सञ्चार गर्ने, पारदर्शी र उत्तरदायी शासनका लागि पहरेदारी गर्ने, लोकतान्त्रिक बहसको मञ्च बन्ने अनि आफ्ना सामग्रीमार्फत् समाजको बहुलतालाई प्रतिबिम्बित गर्ने उकालो डटकमको मिशन हो। हामी यो मिशनमा निरन्तर लागिरहने छौँ।



जिम्मेवार पत्रकारिताले सदैब मुलुक र नागरिकको पक्ष लिन्छ। हामी त्यसमा अडिक छौँ। निडर, निष्पक्ष र नैतिकवान पत्रकारिता गरेर हाम्रा पाठक, दर्शक र स्रोताको मन जित्ने, पाठक, दर्शक र स्रोताकै सहयोगमा दिगो सञ्चारमाध्यम बन्ने उकालो डटकमको प्रयास रहनेछ। यो प्रयासमा हाम्रा पाठक, दर्शक र स्रोताबाट निरन्तर साथ पाइरहनेछौं भन्नेमा हामी विश्वस्त छौँ।



उकालो अभियानसँग जोडिएका पत्रकारहरु नेपाली सञ्चारजगतको नियमनकारी निकाय प्रेस काउन्सिलबाट जारी भएको पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न प्रतिबद्ध छन्। त्यसबाहेक उकालो अभियान आफैले निर्माण गरेको आचारसंहिताले हामीलाई जिम्मेवार सञ्चारमाध्यम र सञ्चारकर्मीका रुपमा स्वनियमन गर्न थप भूमिका खेल्नेछ।



उकालो डटकम एउटा अभियान हो र यो अभियानमा धेरैको हातेमालो आवश्यक पर्छ। यो अभियानलाई निष्ठापूर्वक मुलुक र नागरिकको पक्षमा समर्पित गर्ने कार्यमा हामीलाई मार्गनिर्देश गर्न समाजका केही अग्रजमध्येबाट संरक्षक समूह गठन भएको छ।



देशले लोकतान्त्रिक पद्दति अंगालेको छ र त्यसका लागि ठूलो संघर्ष गरेको छ। र, पनि लोकतान्त्रिक पद्दतिको लाभ सबैमा समान रुपमा पुग्नसकेको छैन। यो पद्दतिभित्र कैयौँ विसंगति देखापरेका छन्, चुनौतीहरु आइलागेका छन् जसले गर्दा समग्रमा नागरिकले लोकतन्त्रको प्रतिफल नै प्राप्त गर्न सकेका छैनन्। त्यसकारण हाम्रो एउटा उद्देश्य जुझारू सञ्चारमाध्यममार्फत् लोकतन्त्रलाई सुदृढ बनाउने, लोकतन्त्रको प्रतिफल सबै नागरिकमाझ पुर्‍याउन सहयोग गर्ने पनि हो।



स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरकता र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। र, सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरु जस्तै नागरिकहरुको हातेमालोमार्फत् जुट्ने 'सामुहिक वित्तीय परिचालन' (क्राउड फण्डिङ) मा निर्भर रहने सङ्कल्प गरेको छ।



गैरनाफामूलक सञ्चारमाध्यम भएकाले हामीले गर्ने सम्पूर्ण खर्चको व्यवस्था र स्रोत हाम्रा पाठक, दर्शक र स्रोताको सहयोगमा निर्भर रहनेछ। हामी निडर, निष्पक्ष र स्वतन्त्र सञ्चारमाध्यमको चरित्र कायम राखेर हाम्रा पाठक, दर्शक र स्रोताले स्वेच्छाले दिने निशर्त सहयोगबाटै आफ्ना सबै गतिविधि सञ्चालन गर्नेछौँ।



यो अभियानलाई जीवन्त राख्न हामीलाई तपाईंको साथ, सहयोग र खबरदारी आवश्यक छ। हामीलाई विश्वास छ, यो उद्देश्यसँग सहमत हुँदै हाम्रो अभियानलाई हरेक किसिमबाट सहयोग गर्न तपाइँहरु पनि तयार हुनुहन्छ।