प्रधानमन्त्री दाहालको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे वाङसँग छलफल हुने बताइएको छ।
काठमाडौँ– चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ बुधबार नेपाल आउँदै छन्।
औपचारिक भ्रमणमा नेपाल आउन लागेका वाङले काठमाडौँमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।
नेपाल मामिला हेर्ने निकायका अन्य पदाधिकारीसमेत लिएर आउन लागेका वाङले प्रधानमन्त्री दाहालको चीन भ्रमणमा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल गर्ने छन्।
वाङले बुधबार नै उपराष्ट्रपति रामसहाय यादव लाई भेट्ने कार्यक्रम छ। बिहीबार प्रधानमन्त्री दाहाल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र सामान्य प्रशासनमन्त्री अनितादेवीसँग भेट गर्ने कार्यक्रम छ। यी भेटवार्ताहरू दुईपक्षीय सहयोग आदानप्रदानमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
चीन भ्रमणको क्रममा असोज १० मा प्रधानमन्त्री दाहालले वाङसँग भेटवार्ता गरेका थिए। तिब्बतको कार्यकारी प्रमुख रहेका वाङले पोखरासमेत भ्रमण गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
