दशैँलाई एकता, भ्रातृत्व र प्रेमको रूपमा लिइने गरिएका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने गरिएको कलाकारहरूको भनाइ छ।
काठमाडौँ– विजयादशमी कलाकारले धूमधामले मनाएका छन्। अभिभावकबाट बडादशैँको टीका ग्रहण गरिएका तस्वीर कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन्।
हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिए। उनले सामाजिक सञ्जालमार्फत टीकाको तस्वीर सार्वजनिक गर्दै आपसी सद्भाव बढाउने पर्वको रूपमा दशैँलाई लिइएको बताएका छन्। दशैँ लगत्तै ‘महाजात्रा’ को छायांकनमा जानुपर्ने भएकाले पनि दशैँलाई आफन्तसँगको भेटघाटको रूपमा मनाइरहेको उनको भनाइ छ।

यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा लगाउनुभएको छ। सपरिवार टीका ग्रहण गरेको जानकारी गराउदै उनले दशैँलगत्तै ‘फर्की फर्की’ नामक चलचित्रमा काम गर्ने बताए। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता तथा निर्देशक निर्मल शर्मा, अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता जितु नेपालले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गरेका छन्। अभिनेत्री वर्षा राउतले पनि आफ्ना पति तथा अभिनेता सन्जोग कोइरालासँग सिन्धुली पुगेर टीका ग्रहण गरेकी छन्।
आमाबाट टीका र जमरा ग्रहण गरेका हास्य कलाकार शिवशंकर रिजालले भने, “तराई गएर अन्य मान्यजनबाट पनि टीका ग्रहण गर्नेछु। मेरो दशैँ तराई र काठमाडौँमा बराबर हुँदै आएको छ।”
यसैगरी, अभिनेता सलिनमान बनियाँ, अभिनेत्री स्वेता खड्का र ऋचा शर्मा, अभिनेता रवीन्द्रसिंह बानियाँले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गरेका छन्।

अभिनेता खगेन्द्र लामिछानेले आफूद्वारा निर्मित तथा लिखित चलचित्र ‘पशुपति प्रसाद–२:भष्मे डन’ प्रदर्शनरत रहेकाले काठमाडौँ उपत्यकाको विभिन्न चलचित्र भवनमा पुगेर दर्शक भेट्ने जानकारी दिए। “यो पटक स्याङ्जास्थित घर जान नपाए पनि दर्शकसँग साक्षात्कार गर्दै दशैँ मनाइरहेको छु”, उनले भने।
दशैँलाई एकता, भ्रातृत्व र प्रेमको रूपमा लिइने गरिएका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने गरिएको कलाकारहरूको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
