Thursday, April 25, 2024

-->

खुलामञ्च संरक्षणका लागि ‘अकुपाई टुँडिखेल’द्वारा वडाको ध्यानाकर्षण

खुलामञ्चको संरक्षणका लागि ‘अकुपाई टुँडिखेल’ अभियानले काठमाडाैँ–२८ का वडाध्यक्ष भाइराम खड्गीलाई ध्यानाकर्षणपत्र बुझाएको छ।

खुलामञ्च संरक्षणका लागि ‘अकुपाई टुँडिखेल’द्वारा वडाको ध्यानाकर्षण

काठमाडौँ– खुलामञ्चको संरक्षणका लागि ‘अकुपाई टुँडिखेल’ अभियानले वडा कार्यालयकाे ध्यनाकर्षण गराएको छ।

अभियानको टोलीले आइतबार काठमाडौँ–२८ का वडाध्यक्ष भाइराम खड्गीलाई ध्यानाकर्षणपत्र बुझाएको हो। धरहरा क्षेत्र नजिकै बन्दै गरेको पार्किङ हुँदाहुँदै प्राकृतिक रिचार्ज क्षेत्रलाई विनाश गर्ने कार्यमा सर्वसाधारणको कर दुरुपयोग गर्न खोजिएको पत्रमा उल्लेख छ। 

खुलामञ्चमा पार्किङ निर्माण गर्ने विषयमा वडाध्यक्ष खड्गीको मौनतामाथि समेत अभियन्ताले प्रश्न उठाएका छन्। ध्यानाकर्षण पत्रमा भनिएको छ, “नगरसभाले खुलामञ्चमा ३ तहको भूमिगत पार्किङ निर्माणका लागि डीपीआर तयार गर्ने निर्णय गरेकाे र त्यसमा तपाईंसमेत मौन बस्नु भएको रहेछ। यस विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।” 

ध्यानाकर्षणपत्र बुझ्दै वडासदस्य विरेन्द्र महर्जनले खुलामञ्चमा पार्किङ बनाउने विषयमा अनविज्ञ रहेको बताए। “हामी मौन बसेको होइन, जानकारी नै नभएर हो”, उनले भने, “तपाईंहरूको अभियानमा हाम्रो साथ छ।”  


सम्बन्धित सामग्री