पहिचान पुरस्कार कोषले २०७९ सालको पुरस्कारका लागि उत्कृष्ट ८ कृतिको सूची सार्वजनिक गरेको छ।
काठमाडौँ– पहिचान पुरस्कार कोषले २०७९ सालको पुरस्कारका लागि उत्कृष्ट आठ कृतिको सूची सार्वजनिक गरेको छ। पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईका अनुसार असोज १८ गते बसेको बैठकले कोषमा दर्ता भएकामध्येबाट उत्कृष्ट आठ पुस्तकहरूको सूची सार्वजनिक गर्ने निर्णय गरेको हो।
छनोट गरिएका पुस्तकहरूमा प्रगति राईको थाङ्ग्रा, जानुका खतिवडाको आतोओडा, करुणा राईको रसिया राग, मञ्जुल मितेरीको कामी, प्रकाश गुरागाईंको जङ्क्सन पिपलबोट (नयाँ सडकको कथा) रहेका छन्।
त्यस्तै, पराजित पोमुको मद्वारा मेरो निर्माण, श्रीभक्त खनाल र खेमराज रानाभाटको तीन फरक विषय (फोकल्यान्ड युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जङ्गबहादुर) र डा. नवराज केसीको शून्यको मूल्य (सास, साहस र स्नेहको कथा) छन्।
कोषका अनुसार यसअघि ९ वटा कृतिले पहिचान पुरस्कार पाइसकेका छन् भने पहिचान सम्मानबाट लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला सम्मानित भएका छन्। यसअघि राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’, यज्ञशको कथा संग्रह ‘भुइया’ले पुरस्कार पाएका थिए।
त्यसैगरी, सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’, श्याम शाहको कथा संग्रह पथेर र अनन्त वाग्लेको उपन्यास कदम, अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्वारा संकलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रूपमा पुरस्कार प्रदान गरिसकिएको छ। पुरस्कार राशि ४ लाख २ हजार २ रुपैयाँ रहेको कोषले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
