काठमाडौँको केशरमहलमा भएको कार दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ भने ट्राफिक प्रहरीसहित दुई जना घाइते भएका छन्।
काठमाडौँ– काठमाडौँको केशरमहलस्थित सडकमा भएको कार दुर्घटनामा पहिचान नखुलेका एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा ट्राफिक प्रहरीसहित दुई जना घाइते भएका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मंगलबार अपराह्न ड्यूटीमा रहेका ट्राफिक प्रहरीसहित एक पैदलयात्रीलाई बा प्र ०१–०३० च २३४८ नम्बरको ईभी कारले ठक्कर दिएको थियो।
ठक्करबाट घाइते भएका पैदलयात्रीको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी हवल्दार परशुराम ठाकुर र कार चालक सुरेशराज कालिकासमेत घाइते भएको प्रवक्ता सुवेदीले बताए। कारले दुई जनालाई ठक्कर दिएर नजिकैको पर्खालमा ठोकिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
