Wednesday, April 24, 2024

-->

अन्तर्वार्ता
पछिल्लो समय नेपालीमा बाँझोपन बढ्दै गएको छ : डा. सिंह

असन्तुलित खानपान, बढ्दो वायु प्रदूषणजस्ता कारणले पनि नेपाली महिला तथा पुरुषमा बाँझोपन देखिने गरेको छ।

पछिल्लो समय नेपालीमा बाँझोपन बढ्दै गएको छ  डा सिंह

पछिल्लो समय नेपालसहित विश्वभर नै बाँझोपन अर्थात् निःसन्तानको समस्या बढ्दो छ। पुरुषमा यौन इच्छाको कमी, यौनशक्तिको कमी, वीर्य स्खलन नहुने, वीर्यमा शुक्राणुको  कमी वा शुक्राणु नहुने समस्याले गर्दा पुरुषको कारणले निःसन्तान हुने गर्छ। 

त्यस्तै महिलामा डिम्बाशय नलीको बन्द हुने, डिम्बा ननिस्कने, नलीमा खराबी हुने, जन्मजात नै पाठेघरमा खराबीले गर्दा सन्तान नहुने गरेको डाक्टरहरू बताउँछन्। हाम्रो समाजमा महिलाका कारणले बच्चा भएन भनेर विभेद गरेको देख्न सकिन्छ। तर अध्ययनले भने सन्तान नहुनुमा महिला र पुरुष दुवैमा हुने समस्या बराबर रहेको पुष्टि गरेको छ। 

बच्चा नहुने समस्यामा ३३ प्रतिशत महिला, ३३ प्रतिशत पुरुष जिम्मेवार हुन्छन्। ३४ प्रतिशत अन्य कारणले असर गर्ने अध्ययनबाट प्रमाणित भएको छ। पछिल्लो समय जीवनशैली, मानसिक समस्या र धेरै युवा वैदेशिक रोजगारीमा गएकाले यो समस्या बढ्दै गएको अध्ययनले बताउँछ। 

निःसन्तानको समस्या लिएर अस्पतालमा उपचारमा आएकाहरूमा ८५ प्रतिशतको उपचारपछि बच्चा हुन्छ। बाँकी १५ प्रतिशतमा भने अन्य समस्या देखिने गरेको छ। उनीहरूलाई इन भिट्रो फर्टिलाइजेसन (आईभिएफ) प्रजनन समस्या भएका मानिसलाई बच्चा जन्माउन मद्दत गर्ने प्रविधिमार्फत उपचार सम्भव भएको चिकित्सकहरूको भनाइ छ। 

यसै सन्दर्भमा केन्द्रित रहेर प्रस्तुत छ, जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. श्वेता सिंहसँग गरिएको कुराकानीको सारसंक्षेपः

दम्पतीहरूमा किन निःसन्तानको समस्या देखिन्छ?
कुनै दम्पतीले एक वर्षसम्म अस्थायी साधनको प्रयोग बिना सम्बन्धमा बस्दा बच्चा हुनन सकिरहेको छैन भने त्यस्तोलाई निःसन्तानको समस्या भएको अथवा बाँझोपनको समस्या भएको भनेर बुझ्नसक्छौँ। 

यो बाँझोपनको समस्या श्रीमती वा श्रीमानमा मात्रै समस्या देखिएर हुने होइन। समस्या श्रीमान् वा श्रीमतीमा पनि हुनसक्छ। दुवैमा पनि हुनसक्छ। बाँझोपन आउनुमा श्रीमतीको डिम्बाशयमा समस्या छ वा पाठेघर वा पाठेघरको दुवैतिरको डिम्बाशयमा समस्या देखिएको छ भने निःसन्तानको समस्या हुने हो। 

केहीगरी डिम्बाशयमा समस्या देखिएको छ। डिम्बाशयमा सिस्ट, ट्युमर हुनसक्छ। त्यो समस्या छ भने राम्रो अण्डा ननिस्किने, समयमा अण्डा नफुट्ने समस्या देखापर्ने हुनसक्छ। पाठेघरको दुवै वा एकतर्फको नली ब्लक वा खुला छ भने बच्चा गर्भधारण गर्न समस्या आइरहेको हुनसक्छ। पाठेघरको कुरा गर्दा पाठेघरमा मासु पलाएको छ, कि त भित्र क्यापिटीमा केही पलिपहरू छ, पाठेघर सुनिएको छ भने पनि यस्तो समस्याहरू आउँछन्। पाठेघरको मुखको कुरा गर्दा महिलाको योनी ब्लक छ भने शुक्रकीटहरू माथि जान पाउँदैन। पाठेघरको मुखको कुरा गर्दा लामो वा ट्युमरको कारणले ब्लक भएको छ भने पनि शुक्रकीटहरू माथि जान पाउँदैन र बाँझोपन हुनसक्छ। पाठेघरमा मासुहरू पलाएको छ वा भ्रुम बस्ने ठाउँमा इन्टरमेटिभ पलिपहरू छ भने पनि बच्चा बस्न अवरोध गराइरहेको हुन्छ। पाठेघरको नलीका पानी भरिएको वा ब्लक भएको छ भने बच्चा बस्न समस्या हुन्छ। किनकि अण्डाहरू नलीहरूमा आउनुपर्ने हुन्छ। सम्पर्क राखिसके पश्चात् शुक्रकीटहरू माथि गएर नलीसम्म आउनुपर्ने हुन्छ। नलीमा शुक्रकीट र अण्डाको मिलन भएर भ्रुण बन्ने हुन्छ। बनेको भ्रुण फेरि पाठेघरमा आएर वाल्सहरुमा टाँसेर बच्चा बस्ने हुन्छ। नलिमा नै ब्लक भयो भने अण्डा र शुक्रकीट मिलन हुन पाएन। त्यो हुँदा महिलामा बाँझोपन हुनसक्छ। यो बाहेक श्रीमतीमा थाइराइट, डाइभिटिज र अन्य समस्याहरू भयो भने बाँझोपन हुनसक्छ। श्रीमानको कुरा गर्दा सबैभन्दा पहिला शुक्रकीटको कुरा आउँछ। शुक्रकीटको संख्या राम्रो छैन। संख्या राम्रो भएपनि त्यसको चालहरू राम्रो छैन। बनावटहरू राम्रो छैन भने बाँझोपन हुनसक्छ। श्रीमानमा पनि थाइराइट, डाइभिटिज र अन्य समस्याहरू भयो भने बाँझोपन हुनसक्छ। 

पहिला निःसन्तान हुँदा भन्न डराउने गरेका थिए, तर पछिल्लो समय अस्पतालहरूले यो सेवा दिन थालेसँगै मानिसहरू अस्पतालमा आउने गरेका छन्, तपाईंहरूकोमा धेरै कस्ताकस्ता प्रकृतिका समस्या लिएर आउँछन्?
अहिलेसम्म आफ्नो प्राक्टिक्समा देखेअनुसार कोही गर्भधारणका विषयमा जानकारी लिन आउनुहुन्छ। उनीहरूले बच्चा जन्माउने योजना बनाउनुभएको हुँदैन। तर बच्चा जन्माउनको लागि दुवै जना श्रीमान् श्रीमती स्वस्थ छौँ की छैनौँ र अगाडि योजना बनाउन मिल्छ कि मिल्दैन भनेर आइरहनुभएको हुन्छ। यो खुशीको कुरा हो। यो विषयमा जानकारी लिनुपर्ने हुन्छ। बच्चा योजनाबिना झुक्किएर बसेको हुन्छ। योजना बनाउँदा राम्रो बच्चा जन्मने हुनसक्छ। बाँझोपन भएर ३ वर्षसम्म योजना बनाएका वा एक वर्ष पनि नभएकाहरू पनि बच्चा के कारणले नभएको भनेर आउने गरेका छन्। कतिपय मानिसहरूलाई बाँझोपन हुन्छ भन्ने कुराहरू थाहा नभएको पाइन्छ। बाँझोपनको समस्या समाधानका उपायहरू छन् भन्ने कुराहरू पनि थाहा छैन उनीहरूलाई। ८ देखि १० वर्षसम्म बच्चा नभएर बच्चा बनाउन कोशिस गरिरहेका पनि आउने गरेका छन्। अस्पतालमा सबै मिक्स प्रकृतिका समस्या भएका बिरामीहरू आउने गरेका छन्। कोही १० देखि २० वर्षसम्म बच्चा नजन्मेपछि किन नभएको रहेछ भनेर डाक्टरलाई देखाउन भनेर आउने गरेका छन्। उनीहरूलाई बाँझोपन सम्बन्धी जानकारी नभएर नै अहिलेसम्म बस्ने गरेको हुनसक्छ।

अहिले बाँझोपनको समस्या बढ्दै गएको हो?
पछिल्लो समय नेपालका महिला, पुरुषहरूमा बाँझोपन बढ्दै गएको भन्ने देखिएको छ। आईबीएफको समस्या पनि बढ्दो रूपमा छ। विगतको जस्तो अहिले शुद्ध खानाहरू पनि पाउँदैन। जीवनशैली परिवर्तन रहेको छ। वायु प्रदूषण बढ्दो छ। यी सबै बाह्य कारणहरू भए। यसले गर्दा अहिले कतिपय मानिसहरूलाई मेडिकल समस्या आउने हुन्छ। थाइराइड,डाइभिटिज र अन्य प्रेसरको कारण समस्या बनाएको हुन्छ।

बाँझोपन समस्या समाधान कसरी गर्ने त?
बाँझोपन समस्या समाधानको विषयमा कुरा गर्दा दुवै जना दम्पतीको रगतको जाँच, महिलाको भिडियोएक्स रे देखि श्रीमानको शुक्रकीटको जाँच गर्नुपर्ने हुन्छ। सबै परीक्षण गरेर के कारण बाँझोपन भयो भनेर थाहा पाएपछि सबै भन्दा पहिला मेडिकल परीक्षणमा कहिलेकाहीँ यौनसम्पर्क गर्दा समय मात्रै नमिल्दा बाँझोपन भइरहेको हुन्छ। सम्पर्क राख्ने समय एउटा, अण्डा फुटेर निस्किसकेर आफैँ मरेर गइसकेको हुन्छ। अर्को मेडिकल परीक्षण पछि दम्पतीको लागि अण्डा र शुक्रकीट राम्रो हुने औषधि राख्छौँ। त्यो औषधि ३ देखि ६ महिना खाँदा राम्रो भएको हुन्छ। कतिपयलाई मेडिकल औषधिले काम नगरिरहेको अवस्था हुन्छ। त्यस्तो बिरामीलाई आईवाईतिर लैजान्छौँ। युटायुटयाम इम्सेमिनेसनमा हामीले महिनावारी भएको दोस्रो दिनदेखि पाँच दिनसम्म डिम्बाशयमा अण्डा बनाउने औषधि खान दिन्छौँ। त्यसपछि अल्ट्रासाउन्ड गर्दै डिम्बाशयमा अण्डाको साइज कत्रो भयो भनेर हेर्छौं।

बाँझोपन भएर अस्पताल जान नसक्नेको लागि के भन्नुहुन्छ?
दुर्गम क्षेत्रका पनि अस्पतालमा आउने गर्नुभएको छ। बाँझोपन लुकाएर राख्ने कुरा होइन। लुकाएर, कसैको परामर्श नलिई श्रीमान् श्रीमतीसँग मात्रै सीमित राख्नुभयो भने मेडिकल उपचारबाट बच्चा पाउनसक्ने अवसर गुमाउनु हुन्छ। त्यस्तो छ भने आफ्नो वरपर भएको राम्रो बाँझोपन सम्बन्धी डाक्टरहरूसँग परामर्श लिएर आफ्नो कुरा खुलस्त रूपमा बोल्नुस्। आफ्नो समस्या डाक्टरलाई सेयर नगरेसम्म उपचारको योजना पनि पाउनुहुन्न। डाक्टरहरूले सल्लाह दिएर राम्रो बच्चा पाउने क्षमता हुन्छ। त्यो क्षमता डाक्टरहरूसँग सल्लाह नलिँदा वञ्चित हुनुहुन्छ जस्तो लाग्छ। बाँझोपन सम्बन्धी डाक्टरसँग परामर्श गर्नु उपयुक्त हुन्छ। डाक्टरहरूले जसलाई बच्चा चाहिन्छ उहाँहरूलाई मात्रै बाँझोपन समस्याको उपचार गर्ने हो।


सम्बन्धित सामग्री