Thursday, March 28, 2024

-->

निमोनियाविरुद्धको दिवस मनाइँदै

निमोनियाले धेरैजसो पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धालाई सताउने गरेको छ।

निमोनियाविरुद्धको दिवस मनाइँदै

काठमाडाैँ– आज निमोनियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। निमोनियाबारे जनचेतना बढाउन हरेक वर्ष नोभेम्बर १२ का दिन यो दिवस मनाउने गरिन्छ।

यसपटकको नारा ‘निमोनिया रोक्नका लागि जुऔं’ तय गरिएको छ। विश्वमा कोरोना महामारी, डेंगीलगायतका संक्रामक रोगमा निमोनिया मुख्य लक्षण मानिएको छ।

निमोनिया विभिन्न प्रकारका जीवाणुको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो। ब्याक्टेरिया र भाइरलबाहेक अरू कारणले पनि निमोनिया हुनसक्ने चिकित्सक बताउँछन्। निमोनियाले धेरैजसो पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धालाई सताउने गरेको छ।

निमोनियाको रोकथाम र उपचारमा विशेष ध्यान पुर्याउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आग्रह गरेको छ। यसको न्यूनीकरणका लागि निमोनियाविरुद्धको खोपसहित अरु रोकथामका सुरक्षा अपनाउन आवश्यक छ।


सम्बन्धित सामग्री