Monday, June 17, 2024

-->

नेवारी परिकार प्रवर्द्धन गर्न भक्तपुरमा ‘वः फेस्टिभल’ आयोजना

नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले भक्तपुरको मध्यपुरथिमिमा 'वः फेस्टिभल' अर्थात् बारा महोत्सव आयोजना गरिएको छ।

नेवारी परिकार प्रवर्द्धन गर्न भक्तपुरमा ‘वः फेस्टिभल’ आयोजना

काठमाडौँ– भक्तपुरमा 'वः फेस्टिभल' अर्थात् बारा महोत्सव आयोजना गरिएको छ। नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपुर पर्यटन विकास समितिले महोत्सव आयोजना गरेको हो।

मध्यपुरथिमि नगरपालिकासँगको सहकार्यमा गरिएको व: फेस्टिभल एवं ग्रिन भेजिटेबल एक्सपो-२०२४ मा उपत्यकाका १८ वटा नेवारी रेस्टुराँ तथा स्थानीय किसान तथा महिला समूहले स्टल राखेका थिए।

मेलामा परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरणका लागि पनि प्रदर्शनी कक्ष राखिएको थियो। मेलामा वःका विभिन्न परिकार उपलब्ध थिए। समितिका अध्यक्ष रमेश प्रजापतिका अनुसार नेवा समुदायमा जन्मदेखि मृत्यु र मृत्युपछि श्राद्धसम्म, विभिन्न चाडपर्व मनाउन र देवी देवतालाई चढाउन वःका परिवारको प्रयोग गरिन्छ।

स्टलमा चटामरी, योमरी, गाजरको रक्सी, चुकन्दरको रक्सी र चिया, जुजु धौलगायत नेवारी खानाका परिकार राखिएका थिए। मयुर नाच, रोपाइँ जात्रा, सात कालीको नाच, कुमारी नाच लगायत स्थानीय सांस्कृतिक नृत्यहरूसमेत मेलामा देखाइएको फेस्टिभल संयोजक विक्रम बाडेले बताए।


सम्बन्धित सामग्री