Wednesday, April 24, 2024

-->

चरा हेर्न जगदीशपुर [तस्वीरहरू]

जगदीशपुर मुलुककै सबैभन्दा धेरै पानी चरालाई आश्रय प्रदान गरिरहेको ताल हो। हालै भएको गणनामा यहाँ ४४ प्रजातिका ९ हजार ४८७ चरा भेटिएका छन्।

चरा हेर्न जगदीशपुर [तस्वीरहरू] 

कपिलवस्तु– जगदीशपुर ताल पाहुना चराको चहलपहलले मनमोहक देखिएको छ। तालमा चराका चिरविराहट, वात्सल्य प्रेम, जलक्रीडा र आहार बिहारले स्वदेशी तथा विदेशी पर्यटक लोभिने गरेका छन्।

जगदीशपुर मुलुककै सबैभन्दा धेरै पानी चरालाई आश्रय प्रदान गरिरहेको ताल हो। हालै भएको गणनामा यहाँ ४४ प्रजातिका ९ हजार ४८७ चरा भेटिएका छन्। वरिष्ठ चराविद् डा. हेमसागर बराल, चराविद्हरू टिका गिरी, डीबी चौधरी र धीरज चौधरीले चरा गणना गरेका थिए।

१५७ हेक्टरको तालमा सबैभन्दा धेरै ४ हजार बढी मरुल छन् । त्यसपछि सुनजुरे हास एक हजार ९३० र बिजुलागैरी ९३० वटा छन् । यस्तै सिलसिले, सानो जलेवा, नादुन र कैलो टाउके हाँस, सुईरोप, बगाले सिमकुखुरा, सुईरोठूडे, मालक र हरियो टाउकेहाँसलगायत चरा रहेका छन्।

कपिलवस्तु नगरपालिका–९ र १० मा पर्ने १५७ हेक्टरको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचीकृत भएको थियो । यो क्षेत्र जैविक विविधता, सिमसार र चराका कारण महत्त्वपूर्ण छ। 


सम्बन्धित सामग्री