Wednesday, April 24, 2024

-->

हरेक वर्ष खेर जान्छ करिब १ अर्ब मेट्रिक टन खाना

घरमा पकाएको ६१ प्रतिशत, रेस्टुरेन्ट तथा अन्य खाद्य उत्पादक सेवाबाट २६ प्रतिशत र ग्रोसरी स्टोरबाट १३ प्रतिशत खाना खेर फालिने गरेको 'फूड वेस्ट इन्डेक्स २०२१' को तथ्यांक छ।

 हरेक वर्ष खेर जान्छ करिब १ अर्ब मेट्रिक टन खाना

अधिकांश मानिसमा खाना खेर फाल्ने बानी हुन्छ। जसका कारण विश्वमा हरेक वर्ष ठूलो संख्यामा खाना खेर जाने गरेको छ। विश्वभर हरेक वर्ष करिब १ अर्ब मेट्रिक टन खाना खेर जाने गरेको एउटा अध्ययनले देखाएको छ।

राष्ट्रसंघका अनुसन्धानकर्ताहरूको एक अध्ययनअनुसार सन् २०१९ मा विश्वभर कूल ९३ करोड १० लाख मेट्रिक टन खाना फालिएको थियो। फूड वेस्ट इन्डेक्स २०२१ को रिपोर्टअनुसार विश्वका ५४ देशमा गरिएको सर्भेले यस्तो देखाएको हो।

घरमा पकाएको खान सबैभन्दा धेरै खेर जाने गरेको पाइएको छ। घरमा पकाएको मात्रै ६१ प्रतिशत, रेस्टुरेन्ट तथा अन्य खाद्य उत्पादक सेवाबाट २६ प्रतिशत र ग्रोसरी स्टोरबाट १३ प्रतिशत खाना खेर फालिने गरेको तथ्यांक छ। तर, खाना खेर फाल्नेतर्फ धेरैको ध्यान नजाँदा यसको नियन्त्रणमा उल्लेख्य प्रगति हुन नसकेको राष्ट्रस‌ंघले जनाएको छ।

राष्ट्रसंघीय वातावरणीय कार्यक्रमका अनुसार विश्वको कूल हरित ग्यास उत्सर्जनमध्ये करिब १० प्रतिशत ग्यास उपभोग नगरी फालेको खानेकुराबाट निस्कने गरेको छ।


सम्बन्धित सामग्री