Wednesday, April 24, 2024

-->

९३ वर्षमा वैवाहिक बन्धनमा बाँधिने अन्तरिक्ष यात्री

एल्ड्रिनले आफ्नो ९३ औँ जन्मदिनमा ६३ वर्षीया डा. एन्का फाउरसँग विवाह गरेका छन्।

९३ वर्षमा वैवाहिक बन्धनमा बाँधिने अन्तरिक्ष यात्री

अमेरिकी पूर्वअन्तरिक्ष यात्री बज एल्ड्रिनले ९३ वर्षको उमेरमा चौथो विवाह गरेका छन्। एल्ड्रिनले आफ्नो ९३ औँ जन्मदिनमा चौथौ विवाह गरेका हुन्। उनले ६३ वर्षीया डाक्टर एन्का फाउरसँग विवाह गरेका हुन्।

नयाँ जिन्दगीको शुरुवात गर्न पाउँदा आफूहरूले भागेर विवाह गरेका किशोर-किशोरीजस्तै महसुस गरेको बताएका छन्। उनले आफ्नो ट्विटरमार्फत विवाह समारोहको फोटो सार्वजनिक गरेका थिए।

सन् १९६९ को ऐतिहासिक अन्तरिक्षयान अपोलो ११ का पाइलटहरूमध्ये एल्ड्रिन पनि एक थिए। निल आर्मस्ट्रङपछि चन्द्रमा पाइला टेक्ने पहिलो दुई व्यक्तिमध्ये एल्ड्रिन पनि एक हुन्।

चन्द्रमामा पाइला टेक्ने पहिलो चार जना व्यक्तिमध्ये जीवित उनी मात्रै हुन्।


सम्बन्धित सामग्री