Friday, March 29, 2024

-->

चीनको चिया र फ्रान्सको रोटी युनेस्कोको सम्पदा सूचीमा

चीनको चिया र फ्रान्सको रोटी बनाउन विशेष ज्ञान, सीप र अभ्यासको आवश्यकता पर्छ। यी खानेकुरा परम्पराकै रूपमा विकसित भएकाले संरक्षणका लागि युनेस्कोको सूचीमा सूचीकृत गरिएको हो।

चीनको चिया र फ्रान्सको रोटी युनेस्कोको सम्पदा सूचीमा
तस्वीर : युनेस्को

फ्रान्समा दैनिक खाइने ‘ब्रेड’को प्रकार बगेटलाई संयुक्त राष्ट्रसंघको युनेस्कोले संरक्षित सम्पदाको सूचीमा राखेको छ। पिठो, पानी, नुन र इस्टको प्रयोग गरि बनाइने लामो प्रकारको रोटी नै बगेट हो।

फ्रान्सको रैथाने र चर्चित खानेकुरा बगेट खाना र नास्ता दुवैमा प्रयोग हुन्छ। निश्चित तापक्रम र परिमाणमा दिनभर पकाउनुपर्ने भएकाले बगेट बनाउन विशेष तरिका र सीप चाहिन्छ। फ्रान्सको परम्परागत र विशेष खाना भएकाले यसलाई युनेस्कोको सूचीमा राखिएको हो।

यस्तै, चीनको चिया संस्कृतिलाई पनि युनेस्कोले अमूर्त सम्पदाको सूचीमा राखेको छ। चियाले दैनिक जीवनलाई इंगीत गर्छ। घर, कार्यालय, चिया पसल, रेष्टुरेन्ट र मन्दीर सर्वत्र चियाको महत्व छ। सामाजिक कार्य तथा विवाह भोजसहित विभिन्न समारोहमा पनि चियाको महत्वपूर्ण स्थान छ।

चिया बगानको व्यस्थापन, पात टिप्नेदेखि हाते प्रशोधन सबैका लागि विशेष ज्ञान, सीप र अभ्यास आवश्यक पर्छ। त्यसैले चीनको परम्परागत चिया प्रशोधन प्रविधि निकै महत्वपूर्ण छ।

चिया पारखी र यसको व्यवसायमा लाग्ने सबैका लागि चिया बनाउने सीप आदानप्रदान गरिन्छ। चियाको उत्पादन र प्रयोगको महत्वका साथै यसद्धारा विकसित संस्कारको जगेर्ना गर्न भन्दै यसलाई युनेस्कोमा राखिएको हो।


सम्बन्धित सामग्री