Thursday, March 28, 2024

-->

दारीको १५० फिट लामो साङ्लो: अचम्मको विश्व रेकर्ड

यसअघि सन् २००७ मा जर्मनीमा ६२ फिट लामो दारीको साङ्‍लो बनाएर कायम भएको रेकर्ड अहिले तोडिएको हो।

दारीको १५० फिट लामो साङ्लो अचम्मको विश्व रेकर्ड

अमेरिकाको वायोमिङका केही पुरुषले आफ्नो लामो दारी एक आपसमा जोडेर विश्व रेकर्ड बनाएका छन्। क्यास्परस्थित एक बारमा भेला भएका प्रतिस्पर्धीले लस्करै बसेर दारीको १५० फिट अर्थात् ४५ मिटर लामो साङ्लो बनाएका थिए।

यसअघि सन् २००७ मा जर्मनीमा यसै गरी पुरुषहरू लस्करै बसेर दारी बाटेर ६२ फिटको साङ्लो बनाएका थिए। जसले गिनिज बुक रेकर्ड जितेको थियो। अब भने नयाँ विश्व रेकर्ड कायम भएको छ।

त्यतिबेला प्रत्येक प्रतिस्पर्धीको दारी ६ इन्च लामो थियो भने यसपटक सबै प्रतिस्पर्धीहरूको दारी ८ इन्च लामो हुनुपर्ने नियम थियो। वायोमिङमा राष्ट्रिय दारी जुँगा प्रतिस्पर्धामा हुँदै गर्दा नयाँ विश्व रेकर्ड समेत कायम भएको हो।


सम्बन्धित सामग्री