Wednesday, April 17, 2024

-->

विश्वका सबैभन्दा धेरै कमाइ गर्ने १० खेलाडी

सबैभन्दा धनी विश्वका १० खेलाडीको सूचीका आठ जनाले गत वर्ष मात्रै कूल १०० अर्बभन्दा बढी कमाएको फोर्ब्स पत्रिकाले जनाएको छ।

विश्वका सबैभन्दा धेरै कमाइ गर्ने १० खेलाडी

सबैभन्दा धनी विश्वका १० खेलाडीको सूचीका आठ जनाले गत वर्ष मात्रै कूल १०० अर्बभन्दा बढी कमाएको फोर्ब्स पत्रिकाले जनाएको छ। अर्को रोचक कुरा, यी आठ जना सबै पुरुष हुन्।

सबैभन्दा धनी खेलाडीको सूचीमा छन् पोर्चुगलका फुटबलर क्रिस्चियानो रोनाल्डो। साउदी अरबको अल नसार अनुबन्धित भएसँगै उनी वार्षिक रूपमा सबैभन्दा बढी कमाउने खेलाडी बनेका हुन्। सन् २०२२ मे १ देखि २०२३ मे १ को अवधिमा १३६ मिलियन डलरको आम्दानी गरेका छन्।

सर्वाधिक धनी खेलाडीको दोस्रो नम्बरमा छन् अर्जेन्टिनी फुटबलर लियोनेल मेस्सी। विश्वविजेता फुटबलर मेस्सीको वार्षिक कमाइ १३० मिलियन डलर रहेको फोर्ब्सले जनाएको छ।

तेस्रो नम्बरमा छन् फ्रान्सेली फुटबलर किलियन एम्बाप्पे। सन् २०२२ र २०२३ मा उनको सम्पत्ति १२० मिलियन डलर रहेको बताइएको छ।

चौथो नम्बरमा छन् अमेरिकी बास्केट बल खेलाडी लेब्रोन जेम्स। सन् २०२२ को मेदेखि सन् २०२३ को मेसम्म उनले करिब एम्बाप्पेले जति नै कमाएका छन्। उनको कूल कमाइ यस वर्ष ११९ मिलियन डलरभन्दा बढी छ।

पाँचौँ नम्बरमा छन् मेक्सिकोका बक्सर कनेलो एल्वारेज। उनले पनि वार्षिक करिब ११० मिलियन डलर कमाइ गरेका छन्।

छैटौँ नम्बरमा छन् अमेरिकी गल्फर डस्टिन जनसन। यस वर्ष उनले १०७ मिलियन डलरभन्दा बढी कमाएको बताइएको छ। सातौँमा छन् अर्का अमेरिकी गल्फर फिल मिकेलसन उनले पनि वार्षिक १०६ अमेरिकी डलर कमाएका छन्।

आठौँ नम्बरमा पनि अमेरिकी खेलाडी नै छन्। उनी हुन् बास्केट बल खेलाडी स्टिफन करी। उनले पनि वार्षिक १०० मिलियन डलरभन्दा बढी आम्दानी गरेका छन्।

यस्तै, नवौँ नम्बरमा छन् स्विट्जरल्यान्डको टेनिस खेलाडी रोजर फेडेरर। उनले यस वर्ष ९५.१ मिलियन डलर आम्दानी गरेको फोर्ब्सले उल्लेख गरेको छ।

वार्षिक ८९.१ मिलियन डलर आम्दानी गरेसँगै अर्का अमेरिकी बास्केट बल खेलाडी केभिन डुरान्ट धनी खेलाडीको सूचीको दशौँ नम्बरमा परेका छन्।  

यसैबीच, सबैभन्दा धनीमा महिला खेलाडी हुन् जापानकी टेनिस खेलाडी नाओमी ओसाका। उनको वार्षिक कमाई ५ करोड ११ लाख डलर रहेको फोर्ब्सले जनाएको छ।


सम्बन्धित सामग्री