Wednesday, April 24, 2024

-->

यी हुन् धेरै अर्बपति बस्ने संसारका प्रमुख १० शहर

संसारका अर्बपतिमध्ये अधिकांश अमेरिका र चीनमा बस्ने गरेको पाइएको छ।

यी हुन् धेरै अर्बपति बस्ने संसारका प्रमुख १० शहर

कुन देशमा धेरै धनी मानिसहरू होलान्? अनि उनीहरू शहरमा बस्छन् होला? भन्ने अधिकांशको चासोको विषय हुनेगर्छ। आउनुहोस्, चिनौँँ धनी मानिस बस्ने संसारका प्रमुख शहरहरू।

अधिकांश अर्बपति अमेरिका र चीनमा बस्ने गरेको पाइएको छ। बेलायती कम्पनी हेन्ली एन्ड पार्टनर्सको सन् २०२२ डिसेम्बरसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै धनाढ्य बस्ने शहरको सूची यस प्रकार छ।

न्युयोर्क
अमेरिकी शहर न्युयोर्क सिटीमा ३ लाख ४० हजार जना अर्बपति रहेका छन्। जसमा ७२४ जनाको सम्पत्ति १० अर्बभन्दा बढी छ। यस्तै, ५८ जना खर्बपति न्युयोर्कमै बस्ने उक्त कम्पनीले जनाएको छ। 

टोकियो
जापानको राजधानी टोकियो संसारमा सबैभन्दा बढी अर्बपति भएको शहरको दोस्रो नम्बरमा छ। त्यहाँ २ लाख ९० हजार जना अर्बपति बस्ने गरेको पाइएको छ। जसमा १० अर्बभन्दा बढी सम्पत्ति हुने २५० जना र १४ जना खर्बपति छन्।

द बे एरिया
अमेरिकाको सान फ्रान्सिस्कोको द बे एरिया धेरै अरबपति रहेको शहरको तेस्रो नम्बरमा छ। द बे एरियामा दुई लाख ८५ हजार जना अर्बपति र ६३ जना खर्बपति रहेका छन्।

लन्डन
धनीहरु बस्ने चौथो शहर हो, बेलायतको लन्डन। त्यहाँ २ लाख ५८ हजार जना अर्बपतिहरू बस्ने गरेकोमा ३६ जनाको सम्पत्ति खर्बभन्दा माथि रहेको बताइएको छ। यस्तै लन्डनमा १० अर्बभन्दा बढी सम्पत्ति हुने ३८४ जना बस्ने गरेका छन्।

सिंगापुर
सिंगापुर सबैभन्दा धेरै धनी बस्ने विश्वको पाँचौ प्रमुख शहर हो। सन् २०२२ मा मात्रै २ हजार ८०० भन्दा बढी मानिसले घर बनाएको हेन्लेको तथ्यांक छ। त्यहाँ २ लाख ४० हजारभन्दा बढी अर्बपति छन् । जसमध्ये २७ जना खर्बपति रहेको बताइएको छ।

लस एन्जेल्स
अमेरिकाको लस एन्जेलस धेरै अर्बपति बस्ने छैटौँ प्रमुख शहर हो। त्यहाँ २ लाख ५ हजारभन्दा बढी अरबपति रहेकामा ४२ जना खर्बपति रहेको पाइएको छ। यस्तै त्यहाँ बस्ने ४८० जनाको  सम्पत्ति १० अर्बभन्दा माथि छ।  

हङकङ
त्यसपछि सबैभन्दा धेरै धनाढ्यहरू बस्ने शहर हो, हङकङ। जहाँ अर्बपतिका १ लाख २९ हजारभन्दा बढी घरहरू रहेका छन्। तीमध्ये ३२ जना खर्बपति रहेको बताइन्छ।

बेइजिङ
चीनको राजधानी बेइजिङ अर्बपतिहरू बस्ने प्रमुख शहरको आठौँ शहरको सूचीमा छ। बेइजिङमा १ लाख २८ हजारभन्दा बढी अर्बपनिहरू बस्ने गरेका छन्। त्यसमध्ये ३५४ जनाको साम्पत्ति १० अर्ब र ४३ जनाको सय अर्बभन्दा बढी छ। 

शांघाई
यस्तै सूचीको नवौँ नम्बरमा चीनकै अर्को शहर शांघाई छ। जहाँ १ लाख २७ हजारभन्दा बढी अर्बपति रहेका छन्। तीमध्ये ३३२ जनाको १० र ४० जनाको सय अर्बभन्दा बढी सम्पत्ति रहेको छ। 

सिड्नी
विश्वका सबैभन्दा बढी बस्ने शहरको दशौँ नम्बरमा छ, अस्ट्रेलियाको सिड्नी। त्यहाँका १ लाख २६ मानिसको सम्पत्ति एक करोड डलरभन्दा बढी छ। जसमध्ये १८४ जनाको सम्पत्ति १० अर्बभन्दा धेरै छ भने १५ जना खर्बपति बसोबास गर्ने बताइएको छ।


सम्बन्धित सामग्री