Friday, April 19, 2024

-->

जेलबाट भागेका कैदी रेस्टुरेन्टमा भेटिएपछि...

अमेरिकाको भर्जिनियास्थित न्युपोर्ट न्युज जेलका दुई जना कैदी दाँत माझ्ने ब्रस र फलामका छडको प्रयोगले पर्खालमा प्वाल पारेर भागेका थिए। 

जेलबाट भागेका कैदी रेस्टुरेन्टमा भेटिएपछि

अमेरिकाको भर्जिनियास्थित एउटा जेलबाट फरार भएका दुई कैदी नजिकैको रेस्टुरेन्टमा भेटिएका छन्।

सामान्य घरेलु उपकरण (दाँत माझ्ने ब्रस र केही फलामका छड)को प्रयोगले जेल फोडेर भागेका उनीहरू केही घण्टापछि आईएचओपी (प्यानकेकका लागि प्रसिद्ध रेस्टुरेन्ट)मा भेटिएको प्रहरीले जनाएको छ।

भर्जिनियास्थित न्युपोर्ट न्युज जेलबाट ३७ र ४३ वर्षका कैदीहरू भागेका हुन्। उनीहरू हराएको थाहा पाएपछि खोजी गर्ने क्रममा जेलको पर्खालमा प्वाल बनाएको पत्ता लागेको थियो।

दुवैलाई रेस्टुरेन्टबाट पक्राउ गरेर पुनः जेल लगिएको एपीले जनाएको छ। कैदीमध्ये एक जना हिंसा भड्काएको अभियोगमा तथा अर्का व्यक्ति चोरी, विद्युतीय ठगी र नियम उल्लंघनलगायत अभियोगमा जेल परेका थिए।

अब उनीहरूलाई जेल फोडेर भागेको अभियोगमा पनि मुद्दा चलाइनेछ।


सम्बन्धित सामग्री