Friday, April 19, 2024

-->

अस्ट्रेलियाका एक व्यक्तिले ढुंगामा भेट्टाए २.६ किलो सुन

अस्ट्रेलिया विश्वमै बढी सुनखानी भएको देश हो जहाँ यसरी धेरै पटक ठूलो परिमाणमा सुन भेटिने गरेकाे छ।

अस्ट्रेलियाका एक व्यक्तिले ढुंगामा भेट्टाए २६ किलो सुन 
तस्वीर : बीबीसी

अस्ट्रेलियाका एक व्यक्तिले २.६ किलोग्राम सुन भेटाएका छन्।

भिक्टोरियाका ती व्यक्तिले सामान्य मेटल डिटेक्टर लिएर सुन खोजिरहेका बेला ४.६ किलो ढुंगा फेला पारे जसमा २.६ किलो सुन टाँसिएको थियो। उनले भेटाएको सुनको बजार मूल्य करीब २ लाख ४० हजार अस्ट्रेलियन डलर रहेको बताइएको छ।

केही परिमाण सुन भेटिने आसमा भिक्टोरियाको एक सुनखानीमा सुन खोजिरहेका ती व्यक्तिले सुनको खजाना नै भेटाएका हुन्। उनले सेतो ढुंगामा टाँसिएको अवस्थामा सो परिमाणको सुन फेला पारेका हुन्। सुन भेटाएका ती व्यक्तिले आफ्नो नाम भने खुलाउन नचाहेको बीबीसीले जनाएको छ।

“पूरै सुन र सुनजस्तो देखिने अन्य ढुंगा लिएर त मान्छेहरू आइराखेकै हुन्छन् तर ती व्यक्तिले त सुन टाँसिएको ढुंगा बोकेर ल्याएका थिए,” सुनलाई एकिकृत गरि मुल्यांकन गरेका डरेन काम्पले आश्चर्यचकित हुँदै भने, “उनले झोलाबाट ढुंगा निकालेर दिँदै यसमा १० हजार डलर जतिको सुन होला भनेका थिए। तर त्यहाँ त २.६ किलो सुन थियो।”

त्यसपछि ती अब आफ्नी श्रीमती खुशी हुने प्रतिक्रिया दिएका थिए। अस्ट्रेलिया विश्वमै बढी सुनखानी भएको देश हो जहाँ यसरी धेरै पटक ठूलो परिमाणमा सुन भेटिने गर्छ।


सम्बन्धित सामग्री