Friday, April 19, 2024

-->

आयोगले बुधबार निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा बुधबार घोषणा गर्ने जनाएको छ।

आयोगले बुधबार निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

काठमाडौं– निर्वाचन आयोगले बुधबार मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को अन्तिम नतिजा घोषणा गर्ने भएको छ। 

आयोगले १:३० बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गरेर नतिजा घोषणा गर्न लागिएको जनाएको छ। 

आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकतर्फको समेत नतिजा बुधबार घोषणा हुने छ। 

अन्तिम नतिजा घोषणापछि आयोगले निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ।


सम्बन्धित सामग्री