Friday, March 29, 2024

-->

माओवादी केन्द्रले आयोगमा बुझायो समानुपातिक सांसदको नाम [सूचीसहित]

माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले समानुपातिक सांसदको नामावलीलाई अन्तिम रूप दिएको छ।

माओवादी केन्द्रले आयोगमा बुझायो समानुपातिक सांसदको नाम [सूचीसहित]

काठमाडौँ– नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको अन्तिम नामावली छनोट गरेको छ। 

माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीअनुसार दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङल्यामु लामा तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, रूपा सोसीचौधरी, रणेन्द्र बराइली, सुशीला श्रीपाली ठकुरी, मीना यादव, उमरावतीदेवी यादव र कल्पना मियाँ रहेका छन्।

माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले ती नामावलीलाई अन्तिम रूप दिएको हो। यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादी प्रत्यक्षतर्फ १८ स्थानमा विजयी भएको थियो। 

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ १४ सिट प्राप्त गरेको थियो। पदाधिकारीको बैठकले टुंगो लगाएका नाम निर्वाचन आयोगमा बुझाइसकेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।


सम्बन्धित सामग्री