Thursday, March 28, 2024

-->

समानुपातिकतर्फ ७ लाख मत गन्न बाँकी

प्रतिनिधिसभा समानुपातिकतर्फ खसेकाे एक करा‍ेड नाै लाखमध्ये एक करोड दुई लाख ५८ हजार मतगणना भएको छ ।

समानुपातिकतर्फ ७ लाख मत गन्न बाँकी

काठमाडौँ– प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार बिहीबार दिउँसाे १: ४५ सम्ममा एक करोड दुई लाख ५८ हजार ५७७ मतगणना भएको छ ।

पहिलो स्थानमा रहेको एमालेले २७ लाख ३२ हजार ७२७ मत पाएको छ। २६ लाख चार हजार ८३४ मतसहित कांग्रेस दोस्रो र ११ लाख ५५ हजार ६३५ मत पाएर माओवादी केन्द्र तेस्रो स्थामा छन्। 

यसैगरी राप्रपाले पाँच लाख ८१ हजार ५१८, जनता समाजवादी पार्टीले चार लाख १६ हजार ८९८, जनमत पार्टीले तीन लाख ८७ हजार ६४१ र एकीकृत समाजवादीले दुई लाख ९२ हजार ९८७ मत पाएका छना्। 

राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ एक सिट र समानुपातिकमा थ्रेस होल्ड कटाउनुपर्ने व्यवस्था छ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए । जसमध्ये एक करोड नौ लाख मत खसेको आयोगले  जनाएको छ।


सम्बन्धित सामग्री