Thursday, April 25, 2024

-->

बाजुरा र स्याङ्जा–२ मा पुनः मतदान नहुने, मतगणना शुरू गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगरी पुरानै मतदानका आधारमा मतगणना शुरू गर्ने निर्णय गरेको छ।

बाजुरा र स्याङ्जा–२ मा पुनः मतदान नहुने मतगणना शुरू गर्ने आयोगको निर्णय

काठमाडौं– बाजुरा र स्याङ्जा–२ मा मतगणना शुरू हुने भएको छ। निर्वाचन आयोगको बुधबारको बैठकले त्यहाँ पुनः मतदान नगरेर यसअघि नै भएको मतदानको मतगणना शुरू गर्ने निर्णय गरेको हो। 

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले सर्वसम्मत रूपमा मतगणना गर्ने निर्णय भएको जानकारी दिए। “पुरानै मतदानका आधारमा त्यहाँको मतगणना शुरू गर्ने निर्णय गरेका हौँ”,उनले भने। 

मंसिर ४ गते भएको मतदानका आधारमा नै मतगणना हुन लागेको हो। नेपाली कांग्रेसले यी दुवै ठाउँको मतगणना शुरू गर्न माग गर्दै आयोगको ध्यानाकर्षण गराएको थियो भने नेकपा एमालेले भने पुनः मतदान हुनुपर्ने माग गरेको थियो।


सम्बन्धित सामग्री