Friday, April 19, 2024

-->

कास्की–१ बाट एमालेका गुरुङ निर्वाचित

निर्वाचित मनबहादुर गुरुङले २५ हजार सात सय आठ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी किशोरदत्त बरालले २३ हजार एक सय ८९ मत प्राप्त गरे।

कास्की–१ बाट एमालेका गुरुङ निर्वाचित

काठमाडौँ- कास्की क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित भएका छन्। 

उनी २५ हजार सात सय आठ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार एक सय ८९ मत ल्याए।

राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले १० हजार नौ सय ४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले तीन हजार आठ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


सम्बन्धित सामग्री