Thursday, April 25, 2024

-->

झापा–१ बाट कांग्रेसका विश्वप्रकाश शर्मा निर्वाचित

झापा-१ बाट नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा ३९ हजार ६२४ मत ल्याएर निर्वाचित भएका छन्।

झापा–१ बाट कांग्रेसका विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौँ– झापा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। ३९ हजार ६२४ मत ल्याएर शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। 

उनले नेकपा एमालेका अग्निप्रसाद खरेललाई पराजित गरे। खरेलले २५ हजार ३४९ मत मात्रै प्राप्त गरे। 

राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ८ हजार ५६४ मत प्राप्त गरे। कांग्रेस महामन्त्री शर्मा तेस्रो पटकको प्रयासमा प्रतिनिधिसभामा निर्वाचित हुन सफल भएका हुन्। 

उनी यसअघि झापा १ बाटै ०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचन र ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा चुनावी मैदानमा होमिएका थिए।


सम्बन्धित सामग्री