Thursday, April 25, 2024

-->

गुल्मी-२ बाट एमालेका गोकर्ण विष्टको 'ह्याट्रिक', झाँक्रीले दिइन् बधाइ

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत मात्रै प्राप्त गरिन्।

गुल्मी-२ बाट एमालेका गोकर्ण विष्टको ह्याट्रिक झाँक्रीले दिइन् बधाइ

काठमाडौँ- गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका गोकर्ण विष्ट निर्वाचित भएका छन्। २८ हजार ४७६ मत ल्याएर विष्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। 

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत मात्रै प्राप्त गरिन्। 

विष्ट गुल्मी २ बाट ०५६ मा पहिलोपटक निर्वाचित भएका थिए। त्यसपछि उनी ०७० को संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए भने ०७४ को प्रतिनिधिसभाका सदस्य निर्वाचनमा पनि उनी निर्वाचित भएका थिए। 

गुल्मी २ बाट गोकर्ण विष्ट निर्वाचित भएपछि मुख्य प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले बधाई तथा शुभकामना दिँदै जिल्लाको विकास निर्माणमा आफूले सहकार्य गरेर अघि बढ्ने बताएकी छन्।
 


सम्बन्धित सामग्री