Tuesday, April 23, 2024

-->

गोरखा–२ : प्रचण्डलाई १२ हजार मतको अग्रता, अब्दुस मियाँ तेस्रोमा

बुधबार साँझ ६ बजेसम्मको मतगणनामा उनले २१ हजार ६४ मत प्राप्त गर्दै आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेका छन्।

गोरखा–२  प्रचण्डलाई १२ हजार मतको अग्रता अब्दुस मियाँ तेस्रोमा

गोरखा– चर्चामा रहेको गोरखा-२ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य प्रतिस्पर्धीसँग १२ हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन्।

बुधबार साँझ ६ बजेसम्मको मतगणनामा उनले २१ हजार ६४ मत प्राप्त गर्दै आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेका छन्। कुल ४१ हजार ४०७ मतगणना हुँदा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले आठ हजार ४६३ मतसहित पाछ्याइरहेका छन्।

बुर्लाकोटी अध्यक्ष दाहालभन्दा १२ हजार ६११ मतले पछाडि परेका छन्। त्यस्तै, नेकपा (एमाले) का अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा रहेका छन्। उनले अहिलेसम्म पाँच हजार ६३६ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए।


सम्बन्धित सामग्री