Wednesday, April 24, 2024

-->

भक्तपुर–२ मा दुर्लभ थापाको अग्रता कायमै

भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापाले ४ हजार १२९ मतसहित अग्रता कायमै राख्दा एमालेका महेश बस्नेतले ३ हजार ६८४ मतसहित पछ्याइरहेका छन्।

भक्तपुर–२ मा दुर्लभ थापाको अग्रता कायमै

काठमाडौँ– भक्तपुर–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणामअनुसार उनले ४ हजार १२९ मत प्राप्त गरेका छन्। 

उनलाई पछ्याइरहेका नेकपा एमालेका महेश बस्नेतले ३ हजार ६८४ मत प्राप्त गरेका छन्। त्यस्तै, नेमकिपाकी अनुराधा थापा मगर ८६९ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ साजन विक ७३५ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले ४५० मत ल्याएका छन्। दिउँसो साढे एक बजेसम्म १० हजार १२५ मत गणना भएको छ।


सम्बन्धित सामग्री